दफा
थुनुवा वा कैदीलाई राख्ने व्यवस्था

(१) थुनुवा वा कैदीलाई थुन्दा वा कैद गर्दा देहाय बमोजिम राखिनेछ –(क) पुरुष र महिला छुट्याई पाएसम्म छुट्टाछुट्टै घरमा र सो नभै
एउटै घरमा राख्नु पर्ने भएमा परस्पर भेटघाट वा कुराकानी गर्न नपाउने गरी सो घरको भिन्दा भिन्दै भागमा,

(ख) थुनुवा र कैदी एउटै कारागारमा राख्ने व्यवस्था भएकोमा खण्ड (क) का अधीनमा रही थुनुवा र कैदी छुट्याई यथासम्भव छुट्टाछुट्टै भागमा,

(ग) खण्ड (क) र (ख) का अधीनमा रही एक्काईस वर्ष मुनिको रएक्काईस वर्ष माथिको कैदी वा थुनुवालाई छुट्याई यथासम्भव भिन्दा भिन्दै भागमा,(घ)

खण्ड (क) र (ग) का अधिनमा रही देवानी मुद्दा र फौजदारी मुद्दाका कैदीलाई छुट्याई यथासम्भव भिन्दा भिन्दै भागमा,

(ङ) रोगी थुनुवा वा कैदीलाई छुट्याई यथासम्भव भिन्दै भागमा ।

(च) पागल र अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई यथासम्भव भिन्दै भागमा ।(२) फौज्दारी मुद्दामा सजाय पाएका कैदीलाई आवश्यकतानुसार एक्लै भिन्दै कोठामा राख्न हुन्छ ।(३) यस दफा बमोजिम थुनामा रहेकी महिलाको सुरक्षाको लागि प्रहरी खटाउँदा कम्तीमा एकजना महिला प्रहरी खटाउनु पर्नेछ ।

(२) फाैजदारी मुद्धामा सजाय पाएका कैदीलार्इ अावश्यकता अनुसार एक्लै भिन्दै काेठामा राख्न हुन्छ ।

(३) यस दफा बमाेजिम थुनामा रहेकी महिलाकाे सुरक्षाकाे लागि प्रहरी खटाउँदा कम्तीमा एकजना महिला प्रहरी खटाउनु पर्नेछ ।